फरार विश्वकर्मालाई यूएईबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन्।

वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले यूएईबाट पक्राउ गरेको हो।

एनसीबी अबुदावी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका विश्वकर्मालाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ।