सर्वोच्चद्वारा ‘सिधा कुरा’ को सामग्रीसँग सम्बन्धित समाचार प्रकाशन र शेयर नगर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले ‘सिधा कुरा डटकम’ को विवादित सामग्रीसँग सम्बन्धित समाचार पुनस् प्रकाशन, प्रसारण तथा शेयर नगर्न सूचनामार्फत् आदेश गरेको छ।

सर्वोच्चको सिधा कुराको श्रव्यदृष्य सामग्री २४ घण्टाभित्र हटाउन गरेको आदेशले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकार महासंघसहित विभिन्न संघ-संगठनले आपत्ति जनाइरहेका छन्।

यही आलोचनाबीच सर्वोच्चका रजिष्ट्रार विमल पौडेलको हस्ताक्षरमा एक सूचनामार्फत् उक्त सामग्री पुनस् प्रकाशन नगर्न र कतै शेयर नगर्न नगराउन ठाडो आदेश दिइएको छ।