ट्रक र बस ठोकिदा, बस चालकको मृत्यु

काठमान्डौ ,पुस १२ । दाङको देउखुरी स्थित पूर्बपश्चिम राजमार्गमा बुधबार ट्रकले बसलाई ठक्कर दिदा बस चालकको मृत्युभएको छ । भारतको दिल्लीबाट बुटबल जादै गरेको ना ६ ख ८४४४ नम्बरको बसलाई चन्द्रौटाबाट धनगढी जादै गरेको ना ६ ख ५२६० नम्बरको ट्रकले ठक्कर दिदा ठोकिदा बस चालकको मृत्युभएको हो ।लमही नगरपालिका वडा नम्बर ८ गणेशपुरमा उक्त दुर्घटना हुदा बस चालक तनहुँ कोटवारा घरभई हाल कोहलपुर नगरपालिका ११ वस्ने बर्ष ४५ बर्षिय को कृष्णबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

दुर्घटनामा परि गम्भिर घाईते भएका चालक सारुको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्युभएको हो । ट्रक चालक पनि सामान्य घाईते रहेको र चालक सहित ट्रकलाई इलाका प्रहरी कार्यालय अमिलियाको नियन्त्रणमा लिएको छ । त्यस्तै घोर्हिकै अर्को प्रसंग घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताएका छन । गुणस्तरीय र व्यवहारीक शिक्षा आजको आबस्यकता भएको भन्दै उनले व्यक्ति शिक्षत भए मात्रै दिगो र गुणस्तरीय विकास हुने बताएका छन ।

 

वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विकासको आधार नै शिक्षा भएको र शिक्षित व्यक्तिबाटै गुणस्तरीय विकास हुने बताएका हुन ।सामुदायिक विद्यालयमा अभिभाबक र विद्यार्थीको आकर्षण घट्दै जानुले गम्भिर प्रश्न उठाएको भन्दै नगर प्रमुख चौधरीले शिक्षकहरु प्रति सोच्ने बेला आएको धारणा राखेका छन । नगरले शिक्षा निति पारित गर्ने अबस्थामा रहेको भन्दै उहाँले अब नगरको शिक्षालाई गुणस्तरी बनाउन आबस्यक सुधारका पक्षलाई प्राथमिकतामा राखे को बताएका छन ।