आज मिति २०७५ साल पाैष १३ गते शुक्रबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेषः– चिन्तन धेरै काम थोरै र दुःख बढि हुने देखिन्छ । काम गर्दा अलमलमा नपर्नु होला समयमा निणर्य लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ । अरुको काम गरेर जश कम मिल्नेछ । काम गर्दा अरुका कुरा बढि नसुन्नु होला र भर पनि नपर्नु होला । विवाद नगरी काम गर्नु होला । आर्थिक कारोवारमा चनाखो हुनुहोला ।

 

वृषः– भेटघाटमा दिन व्यतित हुनेछ । कार्य क्षमता घट्नेछ । उपलब्धि विहिन काम बढि हुनेछन तर गर्नु पर्ने कामले प्राथमिकता पाउने छैन । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । घरयासी खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश पाईने छैन । मनमा अशान्ति बढ्नेछ । आलोचना बढ्न सक्छ ।

 

मिथुनः– काम गर्न ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । आज गरेका अधिकाँश काम भने सफल हुनेछन् । स्वव्यवसायमा सानातिना समस्या आए पनि मेहनत गरेमा स्वतह हटेर जाने छन् । कुरा भन्दा काममा जोड दिनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । धन लगानी भन्दा श्रम लगानी बढि गर्नुहोला ।

 

कर्कटः– सोचे जस्तो गरे जस्तो कहि कतै नहुनसक्छ । भावावेगमा आएर कुनै निणर्य नगर्नु होला । आर्थिक कुराले बढि पिरोल्नेछ । कारोवार गर्दा सर्तक रहनु होला । ऋण लगानी नगर्नु होला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

 

सिंहः– दिन सामान्य अनुकुल देखिन्छ । सवैलाई आफ्ना ठानेर काम गर्नु भयो भने दुख पाउनु हुनेछ । व्यापारमा, व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा थोरै लाभ हुनेछ । वोल्दा विचार पु¥याउनु होला नत्र आफैलाई घाटा हुनेछ । धन दिएर आफ्नो बनाउने प्रयत्न नगर्नु होला ।

 

कन्याः– आजको दिन पनि प्रतिकुल नै देखिन्छ नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । रिसलाई नियन्त्रण गर्नु होला । नगरेका कामको दोष आफुले लिनु पर्ने अवस्था आउन सक्छ । अप्ठ्रोमा आफन्तले बचाउने छन् । अतिथि खर्च बढ्नेछ ।

 

तुलाः– आएको अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला पछि पश्चताप हुनेछ । दिन अनुकुल नै छ गरेका काम सफल हुनेछन् । काम गरे अनुसारको उपलब्धि हासिल हुनेछ । आय व्ययमा परिणत हुनसक्छ विचार पु¥याउनु होला । पारिवारिक खर्चमा कुनै कमि आउने छैन । काम गर्दा गोपनियता अप्नाउन नभुल्नु होला ।

 

वृश्चिकः– समय चक्र राम्रो चलेको छ । कर्म र भाग्य दुवै बलियो देखिन्छ । विगतमा असहयोग गर्ने पनि सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न अरुको मुख ताक्नु पर्ने छैन । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

 

धनुः– समयमा पूर्ण सुधार देखिदैन । अनावस्यक कुरामा टाउको दुखाई बढि हुनेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारबाट कम सन्तुष्टि मिल्नेछ । कामले विस्तारै गति लिनेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

 

मकरः–आजको दिन पनि प्रतिकुल नै देखिन्छ । वोलाई र गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । मानसिक चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायमा मन्दि नै आउनेछ । काम गर्ने जोश जागर बढ्ने छैन । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् ।

 

कुम्भः–अरुको भर नपरि काम गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । काम साच्नु भयो भने साचिने छन् । उपलब्धि पनि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला । थोरै भए पनि पारिवारिक सुख शान्ति मिल्नेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला । यात्राको सम्भावना टरेको छैन ।

 

मिनः– प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाई तिर भन्दा अन्य काममा बढि चासो रहनेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला पछि आफैलाइै घाटा हुनेछ । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।