माघ १ गते सार्वजनिक बिदा

पोखरा, पुस २५। गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको प्रदेशका मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले थारु तथा मगर समुदायको महत्वपूर्ण पर्वलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।

 

गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताएका छन्।गण्डकी प्रदेश सरकारले तमुहरुको महान पर्व ल्होसारमा पनि सार्वजनिक बिदा दिएको थियो।