पुजिपतीहरुको घेराबन्दीबाट बाहिर ननिस्के बिद्यार्थी आन्दोलन कम्जोर हुदै जाने निश्चित
नेता- कृष्ण प्रसाद रिजाल
अनेरास्ववियू
पुजीपतीहरुको घेराबन्दी बाट बाहिर ननिस्के सम्म बिद्यार्थी आन्दोलन कम्जोर हुदै जाने निश्चित देखिएकाे छ। बिद्यार्थी नेता कार्यकर्ताहरु स्वबियु निर्वाचनमा भाग लिएर मात्र बिद्यार्थी को नेतृत्व गर्न सक्छन् ! स्वबियुमा भाग नलिइ विद्यार्थीको नेतृत्वमा पुगेका नेता कार्यकर्ताहरु कच्चा नेता कार्यकर्ता हुन नेतृत्व हुन सक्दैनन्।
दुई दुई बर्ष मा हुन पर्ने स्वबियु निर्वाचन आज ११ बर्ष सम्म किन हुँदैन ? विद्यार्थी संघ संगठनमा डनवाद र धनवाद हाबी हुदा बिद्यार्थी आन्दोलन कमजोर हुँदै गएको देखिन्छ !पार्टीहरु जस्तै विद्यार्थी संघ संगठनहरु पनि पुजिपतिहरुको घेराबन्दीमा परिसकेका छ्न ।
हिजो र आजमा खासै फरक देखिदैन हिजो सामन्ती जमिनदारहरुको हालीमुहाली हुन्थ्यो अहिले पुजिपतीहरु र तेस्का वरिपरि छ्त्रछाया रहनेहरु को छ।
डनवाद र धनवादको अन्त्य र पुजिपतीहरुको घेराबन्दी बाट बाहिर ननिस्के सम्म बिद्यार्थी आन्दोलन कम्जोर नै रहने छ र हामिले थप उपलब्धिहरु हासिल गर्न सक्दैनौं ! केहि मान्छेको जिन्दगी त फेरिएला तर समग्र विद्यार्थी आन्दोलन कम्जोर र बिद्यार्थीहरुको भबिस्य अन्धकार हुनेछ ।