लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने

काठमाडौं, बैशाख २३ । सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी ९स्वरुप० परिवर्तन गर्ने संकेत गरेको छ ।

 

११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो ।

 

सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।