खत्याड गाउँपालिकाको क्वारेन्टिनबाट नेकपाका जिल्ला नेता शाहीले भगाए ७ जना आफन्त, स्थानीयद्धारा विरोध

मुगु,असार १। मुगुको खत्याड गाउँपालिका वडा न ९ डाँडाकोटको क्वारेन्टिनबाट राति १२ बजे ७ जना लाई भगाए पछि स्थानीय बासिन्दाले व्यापक विराेध जनाएका छन्। बाँकेबाट आएर खत्याड गाउँपालिकाले निर्माण गरेको डाँडनकोट क्वारेन्टिनमा बसेका ७ जनालाइ नेपाल कम्युनिष्ट पार्टिका (नेकपा) जिल्ला सचिवालय सदस्य (डिसीयाम) हस्त बहादुर शाहिले आफ्ना छोरा ,भतिजालगायतका गाउँका छिमेकी गरेर ७ जनालाइ राति १२ बजे क्वारेन्टिनबाट भगाएककाे त्याहाँ खटिएका स्वास्थ्यकर्मी अमर लावडले बताएका छन्।

 

विश्वमा कोरोना महामारी फैलिएको बेला नेपाल सरकारले नागरिकलाइ कोरोना कोभिड १९ बाट बचाउनको लागि क्वारेन्टिनको ब्यावस्था गरेर नागरिकलाइ कम्तिमा सुरक्षित राख्न नेपालका अन्य जिल्लाबाट आएका नागरिकहरूलाई १४ दिन र भारत लगाएत तेस्राे मुलुक बाट आएका नागरिकलाइ २१ दिन सम्म क्वारेन्टिनमा राख्ने र घर जाने वेला  आरडिटी र पिसीयार गरेर घर पठाउने होम क्वारेन्टिनमा राख्ने निर्णय खत्याड गाउँ कार्यपालिकाले गरेको छ।

 

गाउँ कार्यपालिकाको निर्णय बेगर रहेर नागरिकलाई राति १२ बजे भगाएकोमा वडा नं ९ का वडा अध्यक्ष नरेन्द्र रोकायाले आपति जनाउनु भएकाे छ। त्यस्तै वडा अध्यक्ष राेकायालगायत त्यहाँका स्थानीय स्थानीय बासिन्दाले विराेध जनाएका छन् ।

 

यस्ता क्रियाकलाप हुँदै जाने हाे भने   अरु नागरिक पनि क्वारेन्टिनबाट भागेर जान सक्ने भएकोले अब यस्ता काम कसैबाट पनि हुनु हुदैन यदि अझै यस्ता कार्य भएमा वडा कार्यलय चुपलागेर नबस्ने राेकायाले बताएका छन् । ४२ जना रहेको क्वारेन्टिनमा बाँके जिल्ला बाट आएका ७ जनालाई क्वारेन्टिनबाट ३२ गते राति ७ जनालाई शाहीले भगाएका थिए।

 

भागेर घर गएका दुृइ जनालाई होम क्वारेन्टिनमा राख्ने भने पछि क्वारेन्टिनमा बसेकाहरूले पनि घर जान माग गरेका छन् । सबैलाइ समान ब्यावहार गरेर बाहिरकै क्वारेन्टिनमा राख्न स्थानिय बासिन्दाले माग गरेका छन्। 

 

खत्याड गाउँपालिका र प्रहरीको टोलीले भगायका ५ जनालाइ समातेर फेरि असार १ गते पुन क्वारेन्टिनमा राखिएकाे छ। २ जनालाई होम क्वारेन्टिनमा राखिने र विराेध भएमा पुन क्वारेन्टिनमा राखिने वडा अध्यक्ष राेकायाले बताएका  छन् ।