चालु वासिङ मेसिन भित्र बिरालो थुनिय पछि..

सिड्नी।अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)न्युजले अस्ट्रेलियाको क्विन्सल्यान्डको सनसाइन कोस्टमा ओस्कार नामक एउटा दुई वर्षीय बिरालो चालु रहेको वासिङ मेसिनभित्र रहेर पनि भाग्यले बच्न सफल भएको जनाएको छ । ओस्कार आफ्नी मालिक अमान्डा मेरेदिथको खाली वासिङ मेसिनमा गएर मस्त निदाउन पुगेको थियो ।

 

त्यहीबेला अमान्डका पति एन्जेलोले भित्र ओस्कार छ भन्ने थाहा नपाईकनै मेसिनमा तन्नाहरू राखेर स्विच अन गरिदिए । तर करिब १२ मिनेटपछि मेसिनबाट ओस्कारले म्याउ म्याउ गरेको आवाज आउँदा अमान्दा अचानक झस्किन् । अमान्दा भन्छिन्– ‘बिचरो ओस्कारभित्र घुम्दै गर्दा काँचको झ्यालमा आफ्नो हात टिकाएर मलाई हेर्दै थियो ।

 

अमान्डाले तत्कालै स्विच अफ त गरिन् तर वासर सुक्न र ढोका खोल्न अर्को दुई मिनेट पर्खिनुप¥यो । बाहिर निकाल्ना साथै ओस्कारलाई कुलम बिचस्थित बिचसाइड भेटनरी सर्जरीकहाँ पु¥याइयो । भाग्यले शरीरका थुप्रै स्थानमा सानातिना चोट पटक मात्र लागेको पाइयो ।

 

अस्पतालमा २४ घन्टे अब्जरभेसनमा राखिँदा उनलाई पेनकिलर दिइएको थियो । त्यसपछि घर लगिएका ओस्कार सात दिनसम्म सुतेको सुत्यै भयो । विस्तारै हिँडन थालेपछि उनले वासिङ मेसिनलाई निकै घुरेर हेर्ने गरेको अमान्डा बताउँछन् ।एजेन्सी,