नेपाली बजारमा सुन र सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा कारोबार हुँदै छ ?

काठमाडौं,भदाै १०। नेपाली बजारमा सुनको र सुनचाँदीकाे मुल्यमा पुन गरवट आएकाे छ। महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।  त्यस्तै चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा काराेबार भइरहेकाे छ।

 

लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो ।

 

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।