नेपालमा थप १४ ५९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थप ६७६ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौँ ,भदौ ३०। नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५५ जना,भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएको छ ।

 

 मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

 

सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् । पछिल्लो चौबीस घण्टामा एकहजार  ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

 

याे सँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत छ ।आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ ।

 

क्वारेन्टिनमा सात हजार २५० जना छन् । चौबीस घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जना छन् ।

 

यस्तै सिराहाका १६२ जना, मोरङका १११, मकवानपुरका ८७, चितवनका ३७, बाँकेका २७, रौतहट र दाङका २६/२६ जना, सप्तरीका २४, सुर्खेतका २३, नवलपुरका २१, सुनसरीका १७, पाल्पाका १६, स्याङ्जाका १४, कैलाली र डोटीका ११/११ जना तथा महोत्तरी र तनहुँ ९/९ जना ,काभ्रे, कञ्चनपुर र बैतडीका ८/८ जना, कास्कीका ७ जना, झापा र धनुषाका ६/६ जना, दोलखा र गोरखाका ५/५ जना, सर्लाही, धादिङ र लमजुङका ४/४ जना, बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी र दार्चुलाका ३/३ जना, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दियाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।