नेपालमा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २९। नेपालमा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ।

 

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्मित

प्रदेश १ को झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १ र सिरहामा ४ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा १, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा १९, मकवानपुरमा ३, रसुवामा ३, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा २, दाङमा २, नवलपरासीमा १, पाल्पामा २, बर्दियामा ६, बाँकेमा २५, रोल्पामा १ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा मात्र कोरोना भेटिएको छ। जुम्लामा १ जना कोरोना भेटिएको हो। सुदूरपश्चिम प्रदेशको डोटीमा १ र बझाङमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।