विपन्न दलित परिवारलाई साेलार प्यान वितरण

सांकेतिक तस्बिर

कञ्चनपुर, असार २५ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच सय विपन्न दलित परिवारलाई सोलार प्यानल वितरण गरेको छ । सोमबार वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा नगरपालिकाले विद्युत्को सुविधा नपुगेका विपन्न दलित परिवारको छनौट गरी निःशुल्क रुपमा सोलार प्यानल वितरण गरेको हो ।

नगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक वर्ष पूरा गरेको अवसरमा सोलार प्यानल वितरण गरिएको हो । प्रतिनिधि सभाका सांसाद डा दीपकप्रकास भट्टले सोलार प्यानल वितरण गर्दै विपन्न दलित परिवारले सोलार प्यानल पाएर घरमा उज्यालो गर्ने अवसर पाएको बताएका छन् ।

नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले टुकीको सहारामा घरमा उज्यालो गर्दै आएका दलित परिवारले ढुक्कसंग सोलार प्यानलको सहायताले घरमा उज्यालो गरी धुवाका कारण हुदै आएको स्वासप्रश्वासको समस्याबाट छुटकारा पाएको बताएका छन् । नगरपालिकाले १९ वटै वडाका विपन्न दलित परिवारको छनौट गरी सोलार प्यानल वितरण गरिएको छ ।