दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जनाउन एमालेको माग

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

 

 

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद गणेश ठगुन्नाले घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।