आज दिउँसो यी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

 

 

आज दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा आंशिक बदली रहनेछ।

 

 

प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशको प्रदेश नं १, प्रदेश नं २, र बागमती प्रदेश सामान्य बदली रहि अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

 

 

प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।