यी बैकले ल्याए कार्डविनै एटिएमबाट पैसा झिक्न मिल्ने सुविधा

काठमाडौं । हाल बैंकहरुले एटिएम कार्ड विना नै रकम झिक्न मिल्ने सुविधा ल्याउन थालेका छन्। हाल केही वाणिज्य बैंकहरुले एटिम कार्ड बिनै रकम झिक्न मिल्ने सुविधा ल्याएका छन्।

 

 

 

अहिले धेरैजसो बैंकको एटिएमको स्किृनमा कार्डलेस ट्रान्जेक्सन अप्सन देखिन थालेको छ। ग्राहकहरुले यही अप्सनको माध्यमबाट बैंकको मोबाइल बैंकिङ्गको प्रयोग गरी कार्डको प्रयोग विना नै रकम झिक्न सक्नेछन्।

 

 

 

अहिलेसम्म लक्ष्मी, माच्छापुछ्रे, सनराइज, एनआइसि एशिया, सिभिल, सिटिजन्स बैंकलगायतका बैंकहरुले यस्तो सुविधा सुचारु गरिसकेका छन्।

 

 

अन्य बैंकहरु पनि अब कार्डलेस ट्रान्जेक्सनको सुविधा सञ्चालनमा ल्याउने तयारीमा देखिन्छन्।

 

 

 

ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस वित्थ ड्रको लागि राखिएका अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ ।

 

 

 

त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ। सो कोर्ड बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा प्रयोग गरी कार्ड बिना नै रकम झिक्न सकिने छ ।

 

 

 

उदाहारणको लागि सिभिल बैंकको मोबाइल बैंकिङ्ग मोबाइल मनीमा लगइन गर्ने बितिकै ग्राहकले “कार्डलेस विथड्र” भन्ने अप्सन देख्न सक्नेछन् र यसबाट कार्ड बिनै ग्राहकले पैसा निकाल्न सक्नेछन्। यस्तै अप्सन अहिले धेरै वटा बै‌कहरुले थप गरिसकेका छन्।

 

 

 

यसले गर्दा कार्ड बिना नै आफ्नो मोबाइलबाटै ग्राहकले आफुले चाहेजति भुक्तानी पाउन सक्ने भएका छन्। ग्राहकलाई कार्ड बोक्ने झन्झट समेत कम हुन थालेको छ।