दैनिकीन्युजलेअन्नपूर्ण पोस्टका नितु घले र एभिन्युज टिभीका दिपकअर्याललार्इ सम्मान

 

ललितपुर, साउन २९ । दैनिकी न्युज डटकमले आफ्नो पहिलो वार्षिकोत्सब अवसर पारेर दुईजना पत्रकारलाई सम्मान गरेको छ ।

मंगलबार ललितपुरकाे संन्चयकाेष भवनमा आयोजित विशेष कार्यक्रममा अन्नपूर्ण पोस्टका नितु घले र एभिन्युज टिभीका दिपक अर्याललार्इ सम्मानित गरेको हो ।

ललितपुरबाट गोदावरी घुम्न जादा बेपत्ता भएका जोन तामाङको पहिलो समाचार एभिन्युजकर्मी अर्यालले प्रसारण गरेका थिए ।

त्यसैगरि अन्नपूर्ण पोस्ट दैनिकमा महिला जागरण बिषयबस्तु उठाएका कारण घलेलाइ सम्म्मानित गरिएको बताए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञान प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको संस्थाका अध्यक्ष गणेश बहादुर आचार्यले बताए ।