अझै पक्राउ परेरनन् बलात्कारी मामा

 

काठमाडौं साउन ३०। कि आमा कि मामाु भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका ५ साउने टोलकी १७ बर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए ।

छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् । ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कार भएको थियो ।

कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् । त्यसपछि परिवारले गत असर ८ गते नै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनि अझै पीडक पक्राउ नपरेका हुन् ।नागरिक दैनिकमा छ ।