स्वतन्त्र सांसद फकाउँदै घरदैलोमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।

सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकै बेला माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन्।

साह समूहबाटै विजय सांसद किरण साहका साथै सोही समूहसँग नजिक रहेका अर्का स्वतन्त्र सांसद अमरेश सिंहसमेत एकैठाउँ उभिएपछि प्रचण्ड उनीहरूसँग ‘अब गठन हुने सरकारलाई समर्थन गर्न’ आग्रह गरिरहेका छन् ।

ललितपुर खुमलटारस्थित निवासमा बिहीबार प्रचण्ड, साहका साथै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच छलफल भएको छ ।

‘समसामयिक राजनीतिकका साथै अब गठन हुने सरकार’दयगत छलफल भयो । आउने दिन मिलेर अगाड बढ्न अध्यक्षज्यूले आग्रह गर्नुभयो,’ प्रचण्ड सचिवालयले भन्यो, ‘उहाँहरू यसमा सकारात्मक देखिनुभएको छ ।

संघीय सरकार गठनका लागि सत्तारूढ र प्रतिपक्षी दुवै गठबन्धनलाई बहुमत पुगिरहेको छैन । सोही कारण स्वतन्त्र सांसदसमेतको सरकार गठनका लागि महत्वपूर्ण भूमिका देखिन्छ ।

प्रचण्डले यसअघि जनमत पार्टी अध्यक्ष डा। सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं निवर्तमान सांसद रेशम चौधरीसँग भेटिसकेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रचण्डका साथै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले पनि जेलमै पुगेर ‘सरकार गठनमा सहयोग गर्न’ आग्रह गरिसकेका छन् । चौधरीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताले समेत भेटघाट गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपाल, नेसपा अध्यक्ष डा। भट्टराईबीच निरन्तर छलफल जारी छ । प्रचण्डले जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल अघि बढाएका छन् ।

कांग्रेस र माओवादीबीच आलोपालो सरकार गठनको आन्तरिक सहमति भए पनि ‘पहिलो चरणमा प्रधानमन्त्री कुन दलले लिने रु’ भन्नेमा टक्कर छ । सोही कारण दबाब बढाउने उद्देश्यले प्रचण्डले नियमित शीर्ष नेतालाई भेटघाट गर्दै सरकार गठन’दयगत ‘लबिङ’मा व्यस्त छन् ।