निर्मला हत्याकाण्ड : डिएनए मेल खाएन २४ दिन थुनामा बसेका विष्ट रिहा

काठमाडौं भदाै २६। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका आरोपित दिलीपसिंह विष्ट अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन्।

 

घटनाको २४ दिनपछि प्रहरीले भदौ ४ गते विष्टलाई मुख्य अभियुक्त करार गर्दै पक्राउ गरी मुद्दा अगाडि बढाएकोमा डिएनए मेल नखाएपछि उनी अदालतको आदेशमा मंगलबार रिहा भएका हुन्।

 

जिल्ला अदालत कंचनपुरले विष्टको संलग्नता पुष्टि गर्ने आधार नभएको भन्दै गर्न आदेश गरेपछि उनी साधारण तारेखमा रिहा भएका हुन्। डिएनए परीक्षणको प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएको थियो।

 

निर्मला पन्तको ’भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डीएनए र दीलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको थियो।

उनी उक्त मुद्दामा २४ दिन थुनामा बसे। निर्मलाको साउन ११ गते शव घर नजिकैको उखुबारीमा शव फेला परेको थियो।

 

यसैगरी, निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बम पनि रिहा भएका छन्। सरकारी वकिलको हाजिरी जवानीमा रिहा भएकाको कंचनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए। रोशनी बम साधारण तारेखमा रिहा भएकी छन् हुन् भने उनकी दिदी बबिता बम ३० हजार धरौटीमा रिहा भएकी छन्।