एसपी विष्टसहित तिनै जनाको डीएनए टेष्ट नेगेटिभ देखियाे

कञ्चनपुर असाेज १४। कंचनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका र पछि त्यहाबाट सरुवा भएका एसपी विष्टको डीएनए रिपोर्ट आएको तर मेल नखाएको कंचनपुरका एसपी कुवेरबहादुर कठायतले जानकारी दिए ।

विष्टका साथै उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयु विष्टको डीएनए टेष्ट गरिएको थियो । स्थानियले सुरुदेखी नै तीनै जनामाथी छानविन गर्न माग गर्दै आएका थिए ।

 

हाल निलम्बनमा रहेका विष्टले प्रमाण नष्ट भुमिका खेलेको आरोप छानविन समितिले लगाएको छ । विष्ट नेतृत्वको छानविन टोलीले दोषी भन्दै हिरासतमा लिएका दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।

 

त्यसपछि अनुसन्धान विष्टसहित तीन जनामाथी सोझिएको थियो । प्रहरीले हालसम्म निर्मला प्रकरणको अनुसन्धान गरेर दोषी पत्ता लगाउन सकेको छैन् । आईजिपी सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ट प्रहरी बनाउने दाबी गरेपनि पछिल्लो समय प्रहरी बिवादमा फस्दै गएको छ ।निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।