कर्णालीका विद्यार्थीकाे नेपाल इको प्यानलमा शैक्षिक भ्रमण
काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित इन्जिनियरिङ तेश्रो वर्ष पहिलो खण्डमा अधययन गर्ने प्रशिक्षार्थीहरुले शैक्षिक अध्ययन अवलोकन गरेको कम्पनीले जनाएको छ।
शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाका अनुसार नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित इको प्यानलको कारखानामा पुगेर इको प्यानलको उत्पादन प्रकृयाबारेमा अध्ययन भ्रमण गरेका हुन्।
शिक्षालयमा डिप्लोमा इन सिभिलविद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जुम्लादेखि भक्तपुरको इको प्यानलको कारखानामा लगिएको जानकारी गराए।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुले नाफा मात्रै केन्द्रित नभई सिक्ने सिकाउने संस्थाको रुपमा पनि कम्पनीलाई अगाडि बढाई विद्यार्थीलाई ठाउँं दिंदै आएको जानकारी गराए।
भविष्यमा निर्माण क्षेत्रमा लाग्ने विद्यार्थीलाई निर्माण सामाग्रीकोबारेमा जानकराी दिन आफूहरुले विद्यार्थीहरुलाई ठाउँं दिंदै आएको जानकारी दिए। अहिलेसम्म देशका विभिन्न इन्जिनियरिङ कलेजहरुमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले कारखानाको अवलाेकन भ्रम्ण गरेको जानकारी गराए । भविष्यमा पनि यसका लागि आफूहरु सहयोग गर्न तत्परकाे जनाए।
विद्यार्थीलाई इको प्यानलका प्रमुख इन्जिनियर कृष्णसुन्दर कुम्पाखले सम्पूर्ण जानकारी गराएका थिए। इको प्यानल आधुनिक निर्माण सामाग्री भएको र यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने जानकारी गराएका थिए।
कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा लगेर जोड्दा मात्रै पुग्ने भएकाले इको प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको जानकारी गराएका थिए । साथै कर्णाली जस्तो विकट पहाडी ठाउँंहरुमा पनि सजिलै ढुवानी गर्न सक्ने जानकारी गराए।हलुका हुनाले विकट ठाउँंहरुमा सजिलै लान सकिने उनको भनाई थियो।
नेपाल इको प्यानल भूकम्प प्रतिरोधी छ। साथै यो आइओसी चिन्ह प्राप्त पनि छ। स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा यसको प्रयोग हुन्छ । डिलरहरुमार्फत् यसले देशभरि आफना उत्पादनहरु विक्रीवितरण गर्दै आएको छ।
यसको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा रहेको छ। कारखाना भने जिल्लाको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ।
