आज साउन २८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष- आज विद्वान् तथा गुरुजनको साथ र प्रेरणा मिल्नेछ । आफ्नो प्रतिभा देखाउने अवसर पाउनुका साथै अतिरिक्त क्रियाकलापबाट पनि नाम कमाउन सकिनेछ । मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ । आफूले सोचेको काम पूरा हुने सम्भावना रहेपनि नयाँ नयाँ महत्वाकांक्षा बढ्दै जानेछ । बोली र व्यवहारबाट अरूलाई प्रभावित पार्न सकिनेछ । दोहोर्याएर काम गर्नुपरे पनि अन्तिम नतिजा राम्रो नै आउनेछ ।
वृष- व्यक्तिगत उन्नति र प्रगतिसम्बन्धी राम्रो खबर सुन्न पाइनेछ । पार्टनरबाट शुभकामना र साथ मिल्दा मन अझ खुसी हुनेछ । प्राविधिक तथा मेसिनरीसम्बन्धी काममा सफलता मिल्नेछ । सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिनेछ । उधारो दिएको पैसा वा ऋणसम्बन्धी कारोबार आज मुख्य विषय बन्न सक्छ । चिकित्सा, औषधि, काठ तथा फर्निचरको कारोबार गर्नेहरूका लागि दिन राम्रो छ ।
मिथुन- आज कामको चाप र दौडधूप बढ्नेछ । खर्च समेत बढ्न सक्ने भएकाले पैसा र सामानको सुरक्षामा ध्यान दिनुहोला । एउटै काम र वातावरणबाट दिक्क लाग्न सक्छ । नयाँ कुरा सिक्ने र काम गर्ने तरिका परिवर्तन गर्ने इच्छा जाग्नेछ । बजेट मिलाएर अघि बढ्नु राम्रो हुनेछ । लगानी गर्ने सोचमा हुनुहुन्छ भने त्यसका फाइदा र बेफाइदा राम्ररी बुझेर मात्र निर्णय गर्नुहोला ।
कर्कट- नयाँ काम सुरु गर्नका लागि राम्रो समय छ । बोनस वा अतिरिक्त आम्दानी हात पर्न सक्छ । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक सोच राखेर अघि बढ्दा मनको तनाव कम हुनेछ । आपसी समन्वयले समस्या समाधान गर्न सहयोग गर्नेछ । राजनीतिक वा प्रशासनिक काममा देखिएको समस्या समाधान हुन सक्छ । करार तथा सम्झौताबाट फाइदा लिन सकिनेछ ।
सिंह- कारोबारमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । नयाँ योजना वा प्रस्ताव छ भने साझेदार तथा प्रतिस्पर्धीसँग छलफल गरेर अघि बढ्नु फाइदाजनक हुनेछ । घर परिवारमा सुख शान्ति रहनेछ । तर व्यवहार गर्दा आफ्नो कर्तव्य र मर्यादा भने ख्याल गर्नुहोला, नत्र सानो कुराले मनमुटाव हुन सक्छ । करियर र पेसाबारे नयाँ सोच आउन सक्छ । मेहनत र लगनशीलताले समस्याको समाधान निकाल्न सकिनेछ ।
कन्या- धर्म कर्म तथा परोपकारी काममा समय दिनुपर्नेछ । समाज र छरछिमेकका काममा सक्रिय हुँदा मान सम्मान पाइनेछ । तर परिवारलाई पर्याप्त समय दिन नसक्दा घरमा केही असन्तुष्टि हुन सक्छ । भाग्यले साथ दिने दिन छ । कुनै प्रतियोगिता वा कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ भने सफलता र प्रशंसा मिल्ने सम्भावना छ । चुनौतीपूर्ण परिस्थितिलाई समेत सहज बनाउँदै आफ्नो प्रतिष्ठा कायम राख्न सकिनेछ ।
तुला- आज विचार नमिल्दा अरूसँग मतभेद हुन सक्छ । मन नपरेको कुरामा जबर्जस्ती सहमत हुनुभन्दा आफ्नो कुरा स्पष्ट राख्नु राम्रो हुनेछ । सरकारी कार्यालय वा प्रशासनिक कामले तनाव दिन सक्छ । बाहिर निस्कँदा आवश्यक कागजपत्र साथमा राख्नुहोला । सोचेजस्तो सहयोग नपाउँदा बन्न लागेको काम समेत बिग्रन सक्छ । शरीरमा कमजोरी महसुस हुन सक्छ । कारोबारमा भने आफैं खटिएर काम गर्नु राम्रो हुनेछ ।
वृश्चिक- आज कल्पना र भावनामा धेरै समय बित्न सक्छ । सफलता पाउन थप मेहनत गर्नुपर्ने भएकाले अनावश्यक मनोरञ्जनमा समय नफाल्नु राम्रो हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । व्यक्तिगत सम्बन्धलाई परिवार तथा नजिकका व्यक्तिसँग खुलेर राख्दा राम्रो परिणाम मिल्नेछ । घर परिवारका भावना र चाहनालाई बुझेर अघि बढ्नुहोला । काममा सफलता मिल्नेछ, तर परिवारका सदस्यको इच्छालाई पनि ध्यान दिनु आवश्यक छ ।
धनु- अनावश्यक काममा समय खेर नफाल्नुहोला । महत्वपूर्ण घरायसी काममा साथीभाइको सहयोग लिन सकिनेछ । आफ्नो क्षमता देखाएर प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । स्वाभिमान राम्रो कुरा भएपनि घमण्डले समस्या निम्त्याउन सक्छ । आज अलमल र चिडचिडापन बढ्न सक्छ । पार्टनरको व्यवहारप्रति अनावश्यक शंका गर्दा सम्बन्धमा तनाव आउनसक्ने भएकाले संयम अपनाउनुहोला ।
मकर- नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ । धैर्य र लगनशील भएर काम गरेमा आफूले सोचेको लक्ष्य पूरा गर्न सकिनेछ । दीर्घकालीन लगानीबाट फाइदा हुने दिन छ । भौतिक सुख सुविधाप्रति आकर्षण बढ्नेछ । कर्मचारीको अभावले काममा केही असर पर्न सक्छ, तर घरपरिवारका कनिष्ठ सदस्यको सहयोग लिन सकिनेछ । टाढा रहेका छोराछोरीबाट राम्रो खबर सुन्न पाइनेछ।
कुम्भ- सानातिना समस्या आए पनि काम रोकिने छैन । काम गर्ने वातावरण सहज बन्नेछ । घर परिवारबाट शुभकार्यको खबर आउन सक्छ । कारोबारलाई नयाँ गति दिने प्रयास सफल हुनेछ । तर अरूको आश्वासन वा लोभमा परेर निर्णय नगर्नुहोला । आज काममा आफैं खटिनुपर्ने अवस्था आउन सक्छ । व्यस्तताकै बीच दिन बितेको पत्तो नहुन सक्छ।
मीन- पेसा तथा कार्य क्षेत्रमा व्यवहारिक भएर अघि बढ्दा आर्थिक लाभ मिल्नेछ । धार्मिक तथा सामाजिक काममा सक्रिय हुँदा आत्मसन्तुष्टि मिल्नेछ । समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने अवसर समेत आउन सक्छ । सहकर्मी वा जुनियरको काममा अल्झिँदा आफ्नो नियमित काममा केही बाधा आउन सक्छ । नयाँ तथा पुराना साथीभाइसँग समय बिताउँदा पार्टनरलाई समय दिन नसकिएला, तर व्यक्तिगत काम भने पूरा हुने देखिन्छ ।
