यू-१९ महिला टी-२० विश्वकप:आज बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को दोस्रो संस्करण आजदेखि मलेसियामा सुरू हुँदैछ। प्रतियोगिताको पहिलो दिन नेपालले पनि खेल्दैछ। आज पहिलो दिन ६ खेल हुँदैछन्। यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले आज बंगलादेशसँग खेल्दैछ।

नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।

ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।

यी हुन् आजका खेलहरू  

इंग्ल्याण्ड यू–१९ महिला भर्सेस् आयरल्याण्ड यू–१९ महिला स् विहान ८ः१५
अस्ट्रेलिया यू–१९ महिला भर्सेस् स्कटल्याण्ड यू–१९ महिला स् विहान ८ः१५
सामोआ यू–१९ महिला भर्सेस् नाइजेरिया यू–१९ महिला स् विहान ८ः१५
बंगलादेश यू–१९ महिला भर्सेस् नेपाल यू–१९ महिला स् दिउँसो १२ः१५
पाकिस्तान यू–१९ महिला भर्सेस् अमेरिका यू–१९ महिला स् दिउँसो १२ः१५
दक्षिण अफ्रिका यू–१९ महिला भर्सेस् न्युजिल्याण्ड यू–१९ महिला स् दिउँसो १२ः१५