यू-१९ महिला विश्वकप क्रिकेटमा बङ्गलादेशसँग नेपाल ५ विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो। बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ र रचना चौधरी ३ रनमा आउट भए । सोनी पाख्रिन र अनु कडायत शून्य रनमा आउट भए । रिया शर्मा ५ रनमा अविजित रहेकी थिइन्।
