हुम्लामा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु, ३ जना घाइते

हुम्ला। चंखेली गाउँपालिका-१ को होहराबाडामा ट्याक्टर दुर्घटना भएको छ। ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।

नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो।

घाइतेहरूको उद्वारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको उनले बताए।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ।