घट्यो सुनचाँदीको मूल्य,तोलाको कति ?

काठमाडौं । केही दिनयता बढेको सुनको मूल्य आज घटेको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ८ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार १ हजार ३ सय बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको थियो । बिहीबार १ हजार २ सयले बढेर १ लाख ५६ हजार ६सय र बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आयतबार चाँदी ३० ले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार १० ले बढेर १ हजार ८ सय ९० तथा बिहीबार ५० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।