माओवादीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग अभियान सुरु गर्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले हुलाकी राजमार्गमा आधारित अभियान फागुन १२ गते झापाको केचनकवलबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने,१२ फागुनदेखि झापाको केचनकवलबाट अभियान सुरु गर्दै छौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ ।त्यस्तै, बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ। १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ।
