सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छ: मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन्।

सोमवार सरोकार दर्पणको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताए।

उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्ने बताए। उनले निजगढ विमानस्थल नबनी फास्टट्रयाको पूर्णता नहुने उल्लेख गरे।

महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भए पनि पूरा गर्न कठिनाइ रहेको बताए। उनले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए।