नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि

काठमाडौैं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।

एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाअधिवेशनले ११ जना पदाधिकारीसहित ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ । आजदेखि शुरू हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाल समाजवादी पार्टीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरूप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने बताएको छ।