नयाँ शक्तिको अध्यक्षमा नेत्र चापागाईं बाबुरामसँग ६८८ मतान्तरले पराजित
काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्।
भट्टराईले ७६१ मत पाएका छन् भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्।
उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए। माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो।
महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो। उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए।महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए।
