ललिता निवास प्रकरण माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको सुनुवाइ सकियो, आजै फैसला आउने

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईमाथि मुद्दा चलाउन माग दाबी गरिएको रिटमाथि सुनुवाइ सकिएको छ ।

बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले सम्भवतः फैसला आजै आउने सम्भावना रहेको बताइएको छ ।

२०७६ माघमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने दूषित निर्णय गर्ने तत्कापलन प्रधानमन्त्री नेपाल र बाबुरामलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै उनीहरुमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

विगत ५ वर्षमा १३ पटक सुनुवाइका लागि पेशी तोकिए पनि यो मुद्दा टुंगो लागेको छैन।