विराट सनातन धर्म संस्कृति विद्यापीठको १२ औं वार्षिकोत्सब सम्पन्न

काठमाडाैं। काठमाडाैं तारकेश्वर नगरपालिका वडा नं. २ मा रहेको श्री विराट सनातन धर्म संस्कृति विद्यापीठले १२ औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न गरेको छ।

गुरुकुलका पूर्व प्रधानाध्यापक लोकेन्द्र प्रसाद सञ्ज्यालले सञ्चालन गरेको कार्यक्रम तारेकेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि वाग्मती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी रहनु भएको थियो ।

यसै गरि सामाजिक विकास कार्यलय प्रमुख नवराज नेपाल, विद्यापीठका संस्थापक अध्यक्ष टंकप्रसाद अधिकारी, विद्यापीठका पूर्व अध्यक्ष लक्ष्मी राज चापागाईं र सिम्लेश्वर महादेवस्थान संरक्षण संस्थाका अध्यक्ष शिवराम फूँयाल सहितका उपस्थिति रहेको थियो ।

त्यसै गरि गुरुकुल र सिम्लेश्वर संस्थाका संस्थापक सदस्य, नगरपालिका भित्रका सरकारी र प्राइभेट विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

विद्यापीठका बटुकद्वारा स्वस्तिवाचन गरेर सुरु गरिएको कार्यक्रम स्वागत मन्तव्य बटुक किशोर उपाध्यायले गर्नुभएको थियो । गुरुकुलका प्रधानाध्यापक अग्निप्रसाद उपाध्यायले गुरुकुलको समग्र प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यापीठका बटुकले संस्कृत र अङ्ग्रेजीमा आफ्नो प्रस्तुति देखाएका थिए ।

प्रमुख अतिथि सामाजिक विकास मन्त्री खड्गीले आफू आफ्नो धर्म संस्कार संस्कृतिलाई जोगाउनु पर्छ भन्ने रहेको र आध्यात्मबाटै सत्प्रेरणा मिल्ने ठान्ने भएकोले आफ्नो तर्फबाट विद्यापीठलाई गर्नसक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । के आवश्यकता छ त्यसको लागी विद्यापीठको तर्फबाट आउनुहोस् मैले गर्न सक्ने र भन्न सक्ने ठाउँमा लागिपर्ने पनि बताउँनु भयो ।

त्यसै गरि शुभकामना मन्तव्य दिने सबै अतिथिले आफ्नो संस्कार संस्कृति सभ्यता भुल्दै गएको समयमा यस्ता गुरुकुलको स्थापना र सञ्चालन गर्नु आजको आवश्यकता रहेको र सबैले सक्दो सहयोग गर्नुपर्ने बताउँनु भएको थियो ।

त्यसै गरि गुरुकुलका लागी कसले के दियो भन्दा पनि आफूले के दिएँ भन्ने कुरा आत्मसात गर्नुपर्नेमा अधिकांशको वक्ताको जोड रहेकोको थियो ।

वैदिक सनातन धर्म, संस्कार, संस्कृतिको संरक्षण र संम्वर्धन गर्नका लागि वि. स.२०६९ फागुन १ गते यस गुरुकुलको स्थापना गरिएको थियो ।