आज मिति २०८१ साल फागुन ११ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ। काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला। यातायातका साधनबाट पनि जोग्गिनु होला।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नँया कामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जानेछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै ब्यापार ब्यवसायबाट राम्रो लाभ पनि लिन सकिन्छ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साथै धन लाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साह बर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलोका साथ बित्नेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नँया काम सुरु गर्नुहोला, कतै टाढाको यात्राको सम्भावना पनि छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ। स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुनेछ, काम गर्नमा खासै मन नजाला।
