सुनको मूल्य बढ्दा चाँदीकाे घट्यो, तोलाको कति?
काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्काअनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।
शुक्रबार १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७० हजार तीन सय रूपैयाँ कायम भएको हो।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ। चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

