लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं। लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्पमापन केन्द्रले खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३.१ स्केल रेक्टरको भूकम्प गएको जानकारी दिएको छ। सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको छ।