निगमका दुईवटै न्यारोबडी जहाज ग्राउन्डेड,अन्तराष्ट्रिय उडान ठप्प

काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने दुई वटै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । एउटा जहाज नोज ल्याण्डिङ गियर बिग्रिँदा ग्राउण्डेड भएको छ भने अर्को विस्तृत मर्मतसम्भार ९सी–चेक० का लागि दुई महिनादेखि चिनमा छ ।
अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सका दुईवटै जहाज फेरि ग्राउन्डेड भएपछि सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायत देशको उडान प्रभावित भएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले ‘९एन–एकेएक्स’ जहाजको नोज ल्यान्डिङ गियर बिग्रिएपछि शनिबारदेखि मर्मतका लागि साउदीको दमाममै राखिएको गरिएको छ । सो जहाज अचानक ग्राउन्डेड हुँदा दमाम–काठमाडौंका लागि टिकट लिएका यात्रु भने अलपत्र परेका छन् ।
अर्को न्यारोबडी ‘९एन–एकेडब्लू’ जहाज सम्पूर्ण मर्मत ९सि–चेक०का लागि करिब दुई महिनादेखि चीनमा छ । २० पुसदेखि ग्राउन्डेड भएको जहाजको मर्मत कार्य चलिरहेको निगमले जनाएको छ ।
नियमित मर्मत अभावमा निगमका जहाज ग्राउन्डेड भइरहने पुरानै रोग हो । अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला र दुई साना जहाजबाट सेवा दिइरहेको निगमले मर्मतमा ध्यान नदिँदा जहाज पटक–पटक ग्राउन्डेड भएर सेवा र आम्दानीमा असर परिरहेको छ ।
