ट्रम्पको बोलीले नेपालका भ्रष्ट नेता तनावमा, जनताले नै माग्न थाले हिसाब

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोलीले नेपालका भ्रष्ट नेताहरूलाइ तनाव भएको छ। आफू सत्तामा आएपछि धमाधम निर्णय लिइरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम र बोलीले विश्व प्रभावित छ। खास देश वा भूगोल केन्द्रित नभई विश्वव्यापी उनका बोली र कदमको मारमा पर्ने एक देश नेपालसमेत हो।

यूएसएड विश्वभरि नै बन्द हुँदा नेपालमा समेत त्यसको स्वभाविक प्रभाव देखिँदा हामी मात्र प्रताडित भएको जसरी यसको ब्याख्या भइरहेको छ।

जसका पछाडि नेपाललाई यूएसएडमार्फत दिएको वित्तीय सङ्घीयता, सामाजिक सामन्जस्यता र जैविक विविधता संरक्षणमा अनुदान सहायतालाई ट्रम्पले दिएको ‘फ्रड’को संज्ञा नै हो।

जहाँ सरकार विरोधी यसैलाई आधार बनाएर सरकारको आलोचना गर्दै आएका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत यसलाई देशको ईज्जतसँग जोडेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्यात्मक सम्बोधन गर्दै ‘अमेरिकाले पनि करप्ट भनिसक्यो’ भनेका छन्। आफूलाई नेपाली बन्न दिनुहोस् भन्ने उनको माग यी नेताहरुका कारण अमेरिकाले फ्रड भनेको आरोपतर्फ नै आधारित छ।

अर्थात ट्रम्पले अमेरिका फस्र्ट भन्दै अघि सारिएका कदमहरु नेपालमा राजनीतिको विषय बनिरहेको छ । यसैको उदाहरण राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदीय समितिको बैठकमै राष्ट्रपति ट्रम्पले फ्रड भनेको के हो भन्दै प्रश्न उठाएका उनले भ्रष्टाचार हो भनिसकेको अवस्थामा पैसा ल्याउनेहरुको खोजी हुनुपर्ने बताएका छन्।

बौद्धिक क्षेत्रमा समेत यसको चर्चा हुँदा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा यूएसएडको सहयोगलाई ‘फ्रड’ भनेका हुन् त्यसबारे बुझ्नु पर्ने बताएका थिए।

त्यस्तै एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभई संसद्मा छलफल गरिनुपर्ने बताए। यसको अर्थ काङ्ग्रेस, एमालेलगायत सत्तामा रहँदै आएका दलहरू भने फ्रड भनिएको विषयमा आफूमात्र तारो बनेको स्वीकार्न तयार देखिएनन्।

प्रतिरक्षात्मक बनेका उनीहरुको आशय मिलिमिलि खाएको विषय कुनै दल विशेष नहुने भन्ने देखिदा यो राष्ट्रियताको विषय भन्दा सत्तालाई खुईल्याउन विषय बनिरहेको छ।

यता ट्रम्पका दाया हातजस्तै देखिएका इलन मस्कले त मस्कले यूएसएडलाई ‘अपराधी सङ्गठन’को नै संज्ञा दिएका छन्। यसको अर्थ के नेपालमा अमेरिकाले आतकवाद हुर्काउन लगानी गरिरहेको थियो भन्ने प्रश्न उतैतर्फ फर्किदा फ्रडको संज्ञाले पनि अमेरिकामाथि नै पनि प्रश्न उब्जाएको छ।

यता तर्फभन्दा आफैमा लड्ने बाटोमा नेपाली नेता र दल देखिदाँ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए।आफैले पैसो दिने अनि उल्टो प्रहार नेपाली सुरु हुने अवस्थाले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको उनको बुझाई छ।

मुख्य कुरा त ट्रम्पका यो मात्र विवादित अभिव्यक्ति हैन् । विश्वशक्तीराष्ट्रको नेतृत्वकर्ताका रुपमा उनको वोलीले महत्व राख्ने भएपनि उनी सनककै भरमा काम गर्ने र वोल्ने पात्र हुन्। आफैले सहयोग गरेर युद्धमा होमेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाह भनेका छन्।

त्यस्तै आप्रवासीले बनाएको देशको नेतृत्वमा पुगेर आप्रवासीमाथि नै प्रश्न उठाउने जस्ता काम गर्ने उनी आफै यस्ता कदम र वोलीले प्रश्न पर्नुपर्ने हो। तर आ आफ्नै देश र परिस्थिीती अनुसार व्याख्या गर्ने प्रवृत्ती विश्वभर नै देखिदाँ नेपाल त्यसैको मारमा परेको हो। यद्यपि दियो भन्दैमा जे पनि खान नहुने अवस्थाको वोध भने उनको यो कदम र वोलीले गराएको छ।