कुमारी क्यापिटलको एप सार्वजनिक
काठमाडौं।कुमारी क्यापिटलले ‘कुमारी क्यापिटल’ मोबाइल एप सार्वजनिक गरेको छ । एपले व्यवस्थित लगानी योजना (एसआइपी)सहित अन्य लगानीका सेवा सहज र पहुँचयोग्य बनाउने क्यापिटलको भनाइ छ । एप सार्वजनिक भएसँगै लगानीकर्ताले मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्ने बताइएको छ ।
क्यापिटलका अनुसार एपमार्फत एसआइपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्तालाई सहयोग पुर्याउने क्यापिटलले जनाएको छ ।
एसआइपी व्यवस्थापनअन्तर्गत कुनै पनि समय, कहीँबाट पनि यो सेवा सुरु, ट्र्याक र व्यवस्थापन गर्न सकिनेछ भने डिम्याट खाता हेर्न र व्यवस्थापन गर्न पनि सहज बनाउने क्यापिटलले जानकारी दिएको छ । त्यसैगरी, प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ), थप सार्वजनिक निष्कासन (एफपिओ), हकप्रद सेयरको आवेदन पनि विनाझन्झन्ट एपबाटै हुनेछ । यो सेवा छरितो, सुरक्षित र प्रयोगकर्तामैत्री रहेको दाबी गरिएको छ ।
‘प्रत्येक लगानीकर्ताले यस क्यापिटलबाट प्रदान गरिने सेवा स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको हात–हातमा पुगोस् भन्ने चाहन्छौँ,क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले भने,त्यसैकारण मोबाइल एपमार्फत एसआई सुरु गर्ने, डिम्याट खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, आइपिओमा आवेदन दिनेजस्ता सुविधा अझ सरल बनाएका हौँ, जसले गर्दा लगानीकर्ताको यात्रा झन् सहज र व्यवस्थित हुनेछ ।

