बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

काठमाडौं। बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार साँझ बडीगाड गाउँपालिका–९ दर्लिङस्थित भित्री सडकमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घना भएको हो।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा निसीखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ वर्षीय जुना कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए।

घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड–९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड–९ खहरेका ३० वर्षीया सिता पौडेल र बडिगाड–९ खहरेका हिमाल घर्ती मगर (चालक) छन्।