प्रेस सेन्टर उपत्यका प्रदेश समितिको अध्यक्षमा लिम्बू,अनुशासन प्रमुखमा काफ्ले निर्वाचित
काठमाडौं। प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिको अधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनबाट अध्यक्षमा लोकेश लिम्बु चयन भएका छन। काठमाडौंमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
लिम्बु यस अघि कार्यसमितिको उपाध्यक्ष थिए। निवर्तमान बरिष्ठ उपाध्यक्ष सागर पन्त र लिम्बुविच अध्यक्षका लागि दाबी कायम रहेपछि आइतबार नेतृत्व चयन हुन सकेको थिएन। अन्तिम समयमा पन्तले अध्यक्षको दाबी छोडेपछि लिम्बु निर्विरोध अध्यक्ष चयन भएका हुन्।
समितिको उपाध्यक्षमा बुद्ध योन्जन, उपाध्यक्ष समावेशीमा श्याम तण्डुकार र उपाध्यक्ष महिलामा सरिता थापा चयन र महासचिवमा रोशन क्षेत्री चयन भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम उपत्यका प्रदेश समिति इञ्चार्ज निर्मल ज्ञवालीले जानकारी दिए।
उनका अनुसार समितिको सचिव खुलामा सुवास शर्मा र भिमराज खड्का, सचिव जनजातिमा बाबुकाजी श्रेष्ठ, सचिव महिलामा शारदा घिमिरे, सचिव दलितमा बिक्रम रत्न र कोषाध्यक्षमा कुबेर दाहाल निर्विरोध चयन भएका छन्।
कार्यसमितिको सदस्यमा नुराज कँडेल, सूर्य खड्का, शम्भु दंगाल, कृष्ण अधिकारी, शिवबिक्रम शाह, सुरेश श्रेष्ठ, विवेक गुरुङ, रमिला योन्जन, अप्सरा सिग्देल, नारायण लिंखा देवान, लिलामाया ठटाल र रोशनकुमार सिंह निर्विरोध चयन भएका छन्।
उपत्यका प्रदेश समितिकै अनुशासन समितिको संयोजकमा रामशरण काफ्ले र सदस्य शिवहरि खनाल, लेखा समितिको संयोजकमा सुधीर पन्थी र सदस्यमा शिवप्रसाद बन्जारा र शिवराज ढकाल निर्विरोध चयन भएका छन्। यसअघि उपत्यका समितिको अध्यक्ष नवराज दाहाल थिए।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको दोस्रो अधिवेशनको आइतबार बिहान नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका थिए।
