बनेपाको पाहुना घरमा एक युवती मृत फेला, हत्याको आशंका

सांकेतिक तस्बिर

काभ्रेपलाञ्चोक । बनेपाको एक होटलमा एक युवती मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ स्थित ‘होटल भ्यू पाहुना घर’मा महिला मृत फेला परेकी हुन् ।

बिहीबार साँझ ५ः३० बजेको समयमा उक्त होटलमा युवती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार मृत भेटिएकी युवती रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ भएको खुलेको छ । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन।

घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।