कांग्रेस–एमाले हल्लाउने कुलमानको स्पष्टीकरण, के हटाउलान ओली कुलमान ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै नेपाल विद्युत् प्राधिकरणसँगको सम्बन्ध सुमधुर हुन सकेको छैन। प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का पनि बारम्बार प्राधिकरणसँग भिडिरहेकै छन्।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ देशकै कार्यकारी र तालुकदार मन्त्रीकै आँखोको तारो बन्दा सरकारसँग मातहतकै संयन्त्रको दूरी बढिरहेको छ।

मन्त्रिपरिषद्बाटै सरकारी नियुक्ति पाएर प्राधिकरणको कार्यकारी बनेका घिसिङलाई हटाउन सरकार निरन्तर कसरत गरिरहेको छ। गत असार ३१ मा प्रधानमन्त्री भएयता ओली र ऊर्जामन्त्री खड्काको कुलमानलाई हटाउने प्रयास अहिले पनि जारी नै छ। कुलमान हटाउन खोज्ने मन्त्री खड्का अहिले संकटमा पर्दै आएको देखिन थालेका छन्।

उनले हटाउन खोजे पनि काँग्रेस नेताहरूले नै कुलमान हटाए राम्रो सन्देश नजाने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले नै प्रधानमन्त्री ओलीलाइ कुलमान नहटाउन भनेपछि ओली माथि पनि थप दबाब सृजना भएको अनुमान गर्न सकिन्छ। काँग्रेका महामन्त्री गगन थापासहितका युवा नेताहरूले कुलमान हटाउन नहुने भन्दै सार्वजनिक रूपमै भन्न थालेपछि मन्त्री र प्रधानमन्त्री नै संकटमा परेका छन्।

काम गर्ने कर्मचारीलाइ हटाउन खोजेपछि जनमानसबाटै विरोधका आवाज सुनिन थालेपछि काँग्रेस र एमाले नेतामाथि नै थप दबाब सृजना हुँदै गएको देखिन थालेको छ। 

मन्त्री खड्काले कुलमानलाइ पाँचौं पटक स्पष्टीकरण मागेपछि कुलमानले आफुलाइ कारबाही गर्ने मन्त्रीसँग कुनै अधिकार नरहेको भन्दै जवाफ फर्काएपछि यो कुराले थप मन्त्रीमाथि नै दबाब सृजना गरेको छ।उनले आफुलाइ हटाउन कुनै पनि नियम कानुनले नदिएको र मन्त्रीले मनोगत विषय बनाएको स्पष्टीकरणमा उल्लेख गरेका छन्।

उनले आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन भन्दै उल्टै प्रश्नसमेत गरेका छन् ।स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको बताएका छन्।

यस्तै, घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको उल्लेख गरेका छन्। मेरो नियुक्तिश्चात्‌ प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ। तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,स्पष्टीकरणमा भनिएको छ।

गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए।घिसिङले मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन्।