माइक्रो दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

काठमाडौं। गोरखामा मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान करिब साढे ११ बजे ईभी माइक्रो बस शहीद लखन गाउँपालिका–३ अन्तर्गत आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु र अन्य १४ जना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ।