नारायणमान विजुक्छे आठौं पटक बने नेमकिपाको अध्यक्ष
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन्। गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष विजुक्छे नै छन् । बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।
