अस्पतालबाट डिस्चार्च भए पूर्वयुवराज पारस हाम्रो अनलाईन २२ फाल्गुन २०८१ काठमाडौं। पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो।