पूर्वराजालाई लोकप्रिय छु भन्ने लागेको भए ०८४ मा चुनाव लडेर टेष्ट गर्न ओलीको चुनौती
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा आउन पूर्वराजालाई चुनौती दिएका छन् । बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको संविधानले राजालाई नचिनेको भन्दै लोकतान्त्रिक विधिबाट चुनाव लडेर कुर्सीमा बस्न चुनौती दिएका हुन्।
उनले भने, ‘हाम्रो संविधानले राजतन्त्र चिन्दैन। नेपाली जनताले उहिले फालेका राजतन्त्रलाई फेरि कताबाट उदिने र कहाँबाट उदिनेर ल्याउने हो, खै कहाँबाट ल्याएर कुर्सीमा राख्छन रे १ मान्छे कुर्सीमा बस्दाखेरी राजा हुने रे १ अनि तपाईहरु पनि त कुर्सीमै बस्नुभएको छ, राजा हुनुभयो?
प्रधानमन्त्री ओलीले कुर्सीमा बस्न पूर्वराजालाई संविधानको बाटो भएर चुनाव लड्न आग्रह गरे। उनले भने,छाया सारेर होइन लोकप्रिय हुनुहुन्छ भने आफूलाई अगाडि सर्नुस् न चुनाव लड्नुस जहाँ पनि चुनाव लड्न खुला छँदै छ, पार्टी खोल्नुस् खुलेको पार्टीलाई मेरो भन्नुस् । अलि अलि अलि टाउको निकाल्ने निकाल्ने जस्तो गर्ने अनि अफ्टयारो परेपछि कछुवा तालले टाउको लुकाउने ?
प्रधानमन्त्री ओलीले अब देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने, जुन क्षमता भए पनि रैती भएर बस्ने त्यस्तो व्यवस्था नरहेको बताए। पूर्वराजालाई चुनाव लड्न भन्दै उनले भने,जनताले बोलाएको छ भने टेष्ट गर्नुस् २०८४ मा आउनुस्।
मधेसबाट लड्नुहुन्छ,कि पहाडबाट लड्नुहुन्छ,कि पूर्वबाट लड्नुहुन्छ कि पश्चिमबाट लड्नुहुन्छ आउनुस्। बिना कसुर मान्छे मार्न पाउने, विना कसुर मान्छेलाई कुटन पाउने, मानव अधिकारको ‘म’ नजान्ने,त्यही राणाशासन फर्काउँछु ठान्नुहुन्छ? अब नेपाली जनताको वौद्धिकता धेरै माथि उठिसकेको छ।
व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर पूर्वराजाले भ्रम फैलाइरहेको भन्दै भने,यस्ता गाउँमा यस्ता मिल हुन्थ्यो ? यस्तो मिलमा महिला आएर काम गर्न पाउँथ्यो? यस गाउँमा जसरी बालबालिकाहरु पढन जान्छ त्यसरी जान पाउँथ्यो रु देश अगाडि बढ्दै गएको छ। हामी देशलाई अगाडि बढाउँछौँ।
