भुकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणको कार्य सुरु भयो: गृहमन्त्री लेखक

बझाङ। गृहमन्त्री रमेश लेखकले बझाङ पुगेर भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुन:निर्माणको कार्य सूरु गर्नुएको भयाे छ।

बझाङमा जिल्लामा भुकम्पीय पुन: निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालयकाे गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको छ।

साे कार्यक्रममा बोल्दै मन्त्री लेखकले भुकम्पले प्रभावित भएका जिल्लाहरुमा पुन:निर्माणको लागि आवश्यक मापदण्ड नियामावली सँगै आवश्यक बजेटको ब्यबस्था गरिने बताउनु भयो।

मन्त्री लेखकले निजि आवासलाई पुन:निर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनी गर्न पाउँदा आफुलाई खुशी लागेको बताउनु भयो।

उहाँले भन्नुभयो निजी आवासको पुन:निर्माणको कार्यसँगै सरकारी भवनहरुको पुनःनिर्माणको लागि कार्यान्वयन ईकाईले नै समन्वय गर्ने बताउनु भयो।

मन्त्री लेखकले भन्नुभयो निजि आवास पुन:निर्माणको कार्यमा स्थानिय तहको महत्वपूर्ण भुमिका रहेकोले लाभग्राहि पहिचान तथा छनोट गरी जतिसक्दो छिटो सिफारिस गर्नुहुन्छ त्यति नै छिटाे पुन:निर्माणको काम सुरू हुने बताउनु भयो। 

त्यसैगरी,भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुन:स्थापना गर्न सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। विकासका काममा सत्ता पक्ष र विपक्षी नहुने भकाले सबै मिलेर विकास निर्माणका काममा अघि बढ्नु पर्ने मन्त्री लेखकले जाेड दिनुभयो।