जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग भयो: नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताएका छन्।

भापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए।

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताए। उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे। गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताए।