सिद्धार्थ बैंकमा खाता छ,हाेसियार, बैंककाे लापरबाहीले फन्दामा पर्नु हाेला ?

काठमाडौं। सिद्धार्थ बैंकमा नक्कली चेकको बिगबिगी बढ्दै गए पनि बैंक व्यवस्थापनले भने यसप्रति खासै चासो देखाएको देखिदैन। पछिल्लो समय विभिन्न शाखाबाट नक्कली चेक प्रयोग गरी ठूलो रकम निकाल्ने प्रयास गरिएको छ। बैंकको सुरक्षा प्रणाली र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठेको छ।

सिद्धार्थ बैंकको लापरबाहिले खाता नम्बर नराखेर चेक दिएको फेला परेको हो। बजारमा नक्कली चेक कारोबारको घटना पुनः सतहमा आउन थालेका छन्। हालै मात्र सिद्धार्थ बैंकको नाममा जारी गरिएको नक्कली चेक फेला परेको छ।जसले सर्वसाधारणलाई थप सचेत रहनुपर्ने देखिएको छ।

सो नक्कली चेक बैंकका एक ग्राहकले भुक्तानीका लागि अर्काको नाममा चेक काटि दिएपछि बैंकमा पैसा निकाल्न पेश गरेपछि ती व्यक्तिले बल्ल नक्कली चेक भनेर थाहा पाएका थिए। बैंकका कर्मचारीहरूले चेकको प्रारूप, खाता नम्बर, हस्ताक्षर, र सुरक्षा विशेषताहरू परीक्षण गरेपछि उक्त चेक नक्कली रहेको पुष्टि गरेका थिए। उक्त चेक बैंकको आधिकारिक प्रणालीमा दर्ता नरहेको र कुनै वास्तविक खाता धारकसँग मेल नखाएकाे ती पीडित व्यक्तिले बताए।

नेपालमा पछिल्लो समय नक्कली चेक तथा बैंकिङ ठगीका घटनाहरू बढ्दै गएका छन्। यस घटनाले बैंकिङ प्रणालीलाई अझ सुरक्षित बनाउन र डिजिटल भुक्तानीको प्रवर्द्धन गर्न आवश्यक रहेको देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले अझ कडा सुरक्षात्मक उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ।

सिद्धार्थ बैंकले ग्राहकहरूको सुरक्षालाई प्राथमिकता दिँन आवश्यक देखिएको छ। साथै, बैंकले नक्कली चेक प्रकरणमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग समन्वय गर्न जरूरी देखिन्छ।

त्यस्तै सिद्धार्थ बैंक यो भन्दा पहिले पनि विभिन्न काण्डमा मुछिदै आएको बैंक हो, काठमाडौंमा एक खातावालाको चेकबुक र हस्ताक्षर किर्ते गरी बैंकबाट करिब २० लाख रुपैयाँ चोरी गरिएको थियो। बैंक कर्मचारीको मिलेमतो र लापरबाहीका कारण यस्ता घटनाहरू घट्दै गएका छन्।

यी घटनाहरूले बैंकिङ क्षेत्रको सुरक्षा प्रणाली र कर्मचारीहरूको जिम्मेवारीप्रति प्रश्न उठेएका छन्। यस प्रकारका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नु आवश्यक छ। ताकि बैंकिङ प्रणालीमा जनताको विश्वास कायम राख्न सकियोस्।पछिल्लाे समय सिद्धार्थ बैंकमा विभिन्न घटनाहरू घट्दै गएका देखिन्छन्।